धादिङकी एरिकाले के वान युथ लिगमा रजत जितिन्

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ९, २०८१

धादिङ । एसियाली खेलकुदकी रजत पदक विजेता धादिङकी एरिका गुरुङले दुबईमा भएको वान युथ लिगमा ६८ केजी माथिको तौल समूहमा रजत पदक जितेकी छिन् ।

एरिका फाइनलमा इरानी खेलाडीसँग ९(१ ले पराजित भएकी हुन् । एरिकाले एसियन च्याम्पियनमा पनि रजत पदक जितिसकेकी छिन् । एसियाली खेलकुद र एसियन च्याम्पियनसिपमा रजत पदक जित्ने उनी एक्लो नेपाली खेलाडी हुन् ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा धादिङको मात्रै नभएर नेपालकै शिर उच्च राखेको भन्दै एरिकालाई धादिङको नीलकण्ठ नगरपालिकाले गत साउनमा ५० हजार सहित सम्मान समेत गरेको थियो ।