नीलकण्ठ नगरपालिकाद्वारा एरिका र समिक्षालाई नगद ५० हजार सहित सम्मान

Avatar photo
Dhadingpost
आइतवार, साउन २७, २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो पालिकाका दुई जना ८ औं दक्षिण एशियाली (साफ) कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता एरिका गुरुङ र समिक्षा ढुङ्गानालाई नगद ५० हजार सहित सम्मान गरेको छ ।

भुटानमा जुन २० देखि भएको उक्त प्रतियोगितामा विजयी नीलकण्ठका खेलाडीद्वयलाई सम्मान गर्दै नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुङ्गानाले बधाई ज्ञापन गरेका थिए । साफमा एरीकाले ६८ के. जी समूहमा र समिक्षाले ५३ के .जी. तौल समूहका स्वर्ण जितेका थिए । उनीहरु दुबैलाई जनही ५०-५० हजारले सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै समिक्षा ढुङ्गानाले यस्तो सम्मानले खेलाडीहरुमा थप उर्जा पैदा हुने र आर्थिक अभावका कारण बीच मै खेल छाड्नु पर्ने समस्याको पनि हल हुने बताएकी थिईन । एरिका गुरुङ भने क्लोज क्याम्पमा उपस्थिति हुन नसकेपछि उनको परिवारले सम्मान ग्रहण गरेका थिए ।