धादिङबेसीमा प्रथम नीलकण्ठ मेयर फुटसल कप हुने

Avatar photo
Dhadingpost
शनिबार, माघ २६, २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आउँदो फागुन ७ देखि १० गते सम्म प्रथम नीलकण्ठ मेयर फुटसल कप को आयोजना गर्ने भएको छ ।

अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) हुने उक्त प्रतियोगिता फुटसल एकेडेमी धादिङबेसीमा हुने बताईएको छ ।

प्रतियोगिताको पुरस्कार प्रथमलाई १ लाख १ हजार १११, उपविजेतलाई ५१ हजार १११, तृतीय पुस्कार २५ हजार र सान्तोना पुरस्कार २० हजार रहको र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ६-६ हजार पुरस्कार पाउने शिक्षा, युवा तथा खेलकुद शाखा नीलकण्ठका प्रमुख प्रकाश भट्टले धादिङपोष्टलाई बताए ।

नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) फुटसल प्रतियोगिताको आयोजना गरेको थियो त्यहि प्रतियोगितालाई निरन्तरता दिँदै यो पटक प्रथम नीलकण्ठ मेयर फुटसल कप गर्न लागेको हो ।

गत वर्षको प्रतियोगिता बेनीघाट रोराङलाई हराउँदै नीलकण्ठले नै प्रथम पुरस्कार आफ्नो पक्षमा परेको थियो भने उत्कृष्ट खेलाडीका रुपमा नीलकण्ठ १० का वडा अध्यक्ष सरोज पाण्डे, खेल अवधिभरमा १४ गोल गर्ने जिवन परियार सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षक सुजन गुरुङ घोषित भएका थिए ।