
धादिङ । विगतका वर्षहरुमा जस्तै नीलकण्ठ १४ स्थित मानेभञ्ज्याङमा जनआवाज युवा क्लव मानेले यहि माघ २९ गते आयोजा गर्न लागेको ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक मिलन लामा आउने भएका छन् ।
‘कल्ले चलायो हाम्रो माया’, ‘हङकङ आइडीले’, ‘कृष्ण भिरमा जाम,’ ‘माझी दाइ पोखरा फेवातालको’ लगायतका थुपै चर्चित गीतहरु नेपाली सांगितिक क्षेत्रलाई पस्किसकेका मिलन लामा आउने भई सकेपछि आयोजकले कार्यक्रमलाई थप व्यवस्थित र मनोरम बनाउने तयारीमा जुटिरहेको छ ।
जनआवाज युवा क्लव अध्यक्ष राजेश गुरुङका अनुसार उक्त साँस्कृतिक कार्यक्रममा चर्चित गायक मिलन लामा, गायिका सीता लामा, रितु तामाङ, शैलाप वाईवा, राजकिङ वाईवा, रोनिश तामाङ सन्तोष लामा लगायत कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
स्थानीय भेषभुषा सहितको घोडा नाच, लाली नाच र चेमा नाच, लामा नाच सहित हुने उक्त साँस्कृतिक कार्यक्रममा बागमती प्रदेशका पुर्व उप सभामुख राधिका तामाङको प्रमुख आथित्यता रहने छ भने छिमेकी गाउँबासीहरुका लागि दिवाभोजको व्यवस्था गरिने अध्यक्ष गुरुङले बताए ।
गत वर्ष मानेभञ्ज्याङमा जनआवाजले गरेको ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा तात्कालिन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आथित्यता रहेको थियो ।