धादिङमा १४ हजार ५७३ किशोरीलाई ‘एचपीभी खोप’ लगाईने

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २२, २०८१

धादिङ । आज माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदै छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोया छत्कुलीका अनुसार यो अभियनामा धादिङमा १४ हजार ५७३ जनालाई यो ‘एचपीभी खोप’ लगाउने लक्ष्य राखिएको छ ।

देशभरमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मीहरु विद्यालय मै पुगेर खको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एपीभी) खोप दिन दिने छन् । खोप अभियानमा देशभर १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जनाईएको छ ।