सहिद स्मृति कप म्हेन्दो फोले युवा क्लब ‘सी’ले जित्यो

Avatar photo
नारायण सिलवाल
सोमवार, माघ २१, २०८१

धादिङ । नीलकण्ठ नगरपालिका १ काउलेमा माघ‌ १५ गते देखि जारी सहिद स्मृति कप (7A SIDE) नक-आउट फुटबल आयोजक टिम म्हेन्दो फोले युवा क्लब ‘सी’ले जितेको छ ।

१८ टिम सहभागी उक्त प्रतियोगितामा आयोजक म्हेन्दो फोलेबाट चार टिम सहभागी थिए जसमा ‘सी’ प्रथम हुँला ‘ए’ उपविजेता बेको थियो भने चौतारा युवा समाज र विद्यार्थी उपकार संघ सान्तोना भएका थिए ।

प्रतियोगिताको विजेता प्रथमले ५० हजार, उपविजेताले ३० हजार र सान्तोना दुई टिमले ८-८ हजार जितेका छन् ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर रोबिन गुरुङ, सर्वाधिक गोलकर्ता सन्तोष गुरुङ, उत्कृष्ट खेलाडी राज कुमार तामाङ बनेका थिए । विजेताहरुलाई ल्होछार विशेष सास्कृतिक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको थियो ।

म्हेन्दो फोले युवा क्लब गत कार्तिकमा कुपा युवा समाजले आयोजना गरेको ४० टिम सहभागी चौंथो कुपा खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता विजेता टिम समेत हो । उक्त प्रतियोगिताको विजेता बन्दै म्हेन्दो फोले ६६ हजार ६६६ हात पारेको थियो ।