
धादिङ । विगतका वर्षहरुमा जस्तै नीलकण्ठ १४ स्थित मानेभञ्ज्याङमा भव्यरुपमा जनआवाज युवा क्लव मानेले ख्याति प्राप्त कलाकारकाे प्रस्तुतीकाे साथमा यहि माघ २९ गते ल्हाेछार विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएकाे छ ।
उक्त कार्यक्रममा चर्चित गायक मिलन लामा, गायिका सीता लामा, रितु तामाङ, शैलाप वाईवा, राजकिङ वाईवा, राेनिश तामाङ सन्ताेष लामा लगायत कलाकारहरुकाे बेजाेड प्रस्तुति रहने बताईएकाे छ ।
बागमती प्रदेशका पुर्व उप सभामुख राधिका तामाङकाे प्रमुख आथित्यतामा हुने उक्त ल्हाेछारमा छिमेकी गाउँबासीहरुका लागि दिवाभाेजकाे समेत आयाेजक जन आवाजले व्यवस्था गर्ने जनाईएकाे छ ।
गत वर्ष मानेभञ्ज्याङमा जनआवाजले गरेको ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा तात्कालिन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आथित्यता रहेको थियो ।