
काठमाडौं ।महिला क्रिकेट त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेपालले घरेलु मैदानमा इतिहासमा नै पहिलो पटक नेदरल्याण्ड्स सँग खेल्दै छ ।
खेल कीर्तिपुरस्थित टियु मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । महिला टि ट्वान्टी आई वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३ औं रनेदरल्याण्ड्स १६औं स्थानमा छ ।
सिरिजमा नेपाली टोलीको खेल तालिका
३० जनवरी (माघ १७ गते) – नेदरल्याण्ड्ससँग
१ फेब्रुअरी (माघ १९ गते) – थाइल्याण्डसँग
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग