यु १९ महिला विश्व कपमा आज नेपाल र बंगलादेशको खेल

Avatar photo
Dhadingpost
शनिबार, माघ ५, २०८१

काठमाडौं । आज दिनको १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा आइसिसी यु १९ महिला विश्व कपमा नोपलले बंगलादेशको सामाना गर्ने छ ।

नेपालका आजको खेल पहिलो हो । दोस्रो खेल जनवरी २० अर्थात माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेल जनवरी २२ अर्थात् माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ ।

आइसिसी यु १९ महिला विश्व कपमा १६ राष्ट्रको सहभागिता छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् ।

समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपाल सहित स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन् ।

प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान ६ देशको दुई समूह हुनेछ ।

ग्रुप १ मा समूह ‘ए’ र समूह ‘डी’ का शीर्ष ३ देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ र समूह ‘सी’ का शीर्ष ३ राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहन्छ।