
धादिङ । नेकपा (एमाले) धादिङका नेता हरि पन्तलाई सरकारले भूमि समस्या समाधान आयोग धादिङको अध्यक्षमा नियुक्त गरेको छ ।
धादिङ । नेकपा (एमाले) धादिङका नेता हरि पन्तलाई सरकारले भूमि समस्या समाधान आयोग धादिङको अध्यक्षमा नियुक्त गरेको छ । यस अघि केहि दिन अघि मात्रै एकीकृत समाजवादी छाडेर एमालेमा प्रवेस गरेका कृष्ण अर्याल अध्यक्ष थिए ।
एमाले प्रवेस गरेपछि एमालेले कृष्ण अर्याललाई नै भूमि आयोग धादिङको अध्यक्ष बनाउने अड्कल काटिए पनि एमालेका केन्द्रिय सदस्य खेम लोहनी निकट मानिकाए हरि पन्तलाई सरकारले भूमि आयोग धादिङको अध्यक्षमा नियुक्त गरेको हो ।
भूमि आयोग धादिङको सदस्यमा एमालेबाटै नीलकण्ठ नगरपालिका ९ कि शर्मिला विक चय भएकी छिन् भने अन्य सदस्य कांग्रेसबाट नियुक्त भएका छन् ।
जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहकाे सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका समन्वय अधिकारीले काम गर्नेछन ।