कृष्ण अर्याल भूमि आयाेग धादिङको अध्यक्षमा नियुक्त

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ३०, २०७८

धादिङ । एकीकृत समाजवादी धादिङका नेता कृष्णप्रसाद अर्याल भूमि aaयाेय धादिङको अध्यक्षमा नियुक्त भएका छन् ।

सरकारले धादिङ सहित २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेसँगै अर्याल धादिङको अध्यक्षमा नियुक्त भएका हुन् ।

गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय लिएको थियो । उक्त निर्णय अनुसार आज २८ जिल्लामा भूमि आयाेगकाे अध्यक्षहरु नियुक्त गरेकाे हाे ।

देवी ज्ञवालीको नेतृत्वको उक्त आयोग देउवा सरकारले खारेज गरेर नयाँ बनाएकाे छ ।