सहिद द्वन्दु स्मृति कप फुटबल सुरु

Avatar photo
Dhadingpost
बिहिबार, पुस २५, २०८१

धादिङ । धादिङको खनियाबास गाउँपालिका ४ कुन्डले खेल मैदानमा जनयुद्धका सहिद गणेश तामाङ (द्वन्दु) प्रथम वडा स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ ।

आजबाट सुरुभएको उक्त प्रतियोगिता गाउँपालिकाका उप-प्रमुख सेक्केमान तमाङले उद्घाटन गरेका थिए । प्रतियोगितामा १२ टिमले सहभागिता जाएका छन् ।

सहिद गणेश तामाङ (द्वन्दु) स्मृति प्रष्ठिान खनियाबासले आयोजना गरेको यस प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ५० हजार, द्धितीयलाई २५ हजार र सान्तोनालाई १५ हजार रहेको सुजन तामाङले धादिङपोष्टलाई बताए ।