धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले खेलकुद प्रशिक्षक (सहायक पाँचौं तह) मा गौतम श्रेष्ठलाई नियुक्त गरेको छ ।
धादिङ तेक्वान्दो संघ धादिङका सह सचिव समेत रहेको गौतम श्रेष्ठ धादिङ जिल्लामा तेक्वान्दो र एथलेटिक प्रशिक्षकका रुपमा परिचित थिए ।
उनलाई शुक्रबार ज्वालामुखीले गाउँपालिकाको खेलकुद प्रशिक्षकमा नियुक्त गरेको हो ।