मगर संघ नेत्रावती डबजोङको अध्यक्षमा बच्चुराम चयन

Avatar photo
Dhadingpost
बिहिबार, पुस १८, २०८१

धादिङ । नेपाल मगर संघ नेत्रावती डबजोङको अध्यक्षतामा बच्चुराम थापा मगर चयन भएका छन् । टोड्‌को बजार बसेको भेलाले पालिका स्तरीय भेलाले बच्चुराम अध्यक्ष रहेको १५ सदस्यी पालिका समिति गठन गरेको हो ।

लामो समय सम्म शिक्षण पेसामा लागेको अध्यक्ष बच्च राम थापा नेत्रावती डबजोङ गाउँ पालिका को खेल प्रशिक्षक पनि समेत हुन् ।

नव गठित कार्य समितिको उपाध्यक्षमा टोप बहादुर पल्ली मगर, कोषाध्यक्ष हस्त मायाँ मगर, सचिवमा रामचन्द्र आलेमगर, सह-सचिव लक्ष्मी थापा मगर सह-कोषाध्यक्षमा अनिता आले मगर सदस्यहरुमा किसन स्याली मगर, सिर्जना रानामगर, अक्कल थापा मगर, लोक बहादुर मगर, लुल बहादुर मगर, कर्ण बहादुर मगर, गिता आले मगर, शुसिला राना मगर, बुबु थापा मगर चयन भएका छन् ।