धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकालाई आलु पकेट क्षेत्रको रुपमा विकास गर्ने गरि काम अगाडी बढाईएको पालिका अध्यक्ष रामसिंह तामाङले बताएका छन् ।
उत्तरी धादिङको आलु सँधैं चर्चामा छ । यातायातको पहुँच नभएका कारण बजारीकरण हुन सकिरहेको थिएन । अब यातायातको पनि पहुँच पुग्दै छ भने, आलु उत्पादनलाई पनि पालिकाले विशेष कार्यक्रम नै संचालन गरि पकेट क्षेत्र बनाउन लागिएको उनले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास कार्यालय धादिङको आयोजनामा समुदायमा अधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम पहिलो बर्ष वडा नक्बर ३ मा लागु हुने अध्यक्ष तामाङले धादिङपोष्टलाई बताए ।