धादिङ । सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमिति तथा नेबाए कन्द्रीय कार्यकारिणी परिषद् सदस्य (पार्षद्) को दिन सम्पन्न हुने निर्वाचन यहि पौष २० गते हुँदैछ ।
उक्त निर्वाचनमा अधिवक्ता धादिङका डा. रामहरि त्रिपाठीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । धादिङ बेनीघाट रोराङ ३ मलेखु निवासी त्रिपाठी विगत १६ वर्ष देधि अधिवक्ताका रुपमा वकालत गर्दै आईरहेका छन् ।
पूर्णमान शाक्य नेतृत्वमा रहँदा सर्वोच्च अदालत बारको कार्यसमिति सदस्यमा निर्वाचित त्रिपाठी सहित अहिले कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षका अधिवक्ता रामचन्द्र पौडेल कांग्रेस निकट, अनन्तराज लुईटेल एमाले निकट हुन भने धादिङका रामहरि त्रिपाठी आफू स्वतन्त्र उम्मेदवारी रहेको हामीलाई बताएपनि उनलाई रास्वपाले सघाउने बताईएको छ ।
सर्वोच्च अदालतको बार एसोसिएसनमा एमाले र माओवादी केन्द्रनिकट वकिलहरूले गठबन्धन गरेका हुन् । प्रजातान्त्रिक समूहको प्रभाव रहेको सर्वोच्च बारमा एमाले र माओवादी केन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि साथमा लिएका छन् ।
एमालेनिकट कानुन व्यवसायी संगठन (पीपीएलए) र माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) को गठबन्धनमा अध्यक्ष भने एमालेको भागमा परेको छ । माओवादी केन्द्रनिकट वकिलले सचिवमा प्रतिस्पर्धा गर्नेछन् । एमालेनिकट वकिल महेश थापा अध्यक्षको उम्मेदवार हुने भएका छन् भने सचिवमा माओवादी केन्द्रनिकट वकिल प्रभाकर श्रेष्ठ उम्मेदवार हुनेछन् । गठबन्धनमा जोडिएका राप्रपाले उपाध्यक्षमा उत्तमकुमार श्रेष्ठ र रास्वपामा रामहरि त्रिपाठी उम्मेदवार छन् तथापी त्रिपाठीले आफू स्वतन्त्र उम्मेदवार रहेको बताएका छन् ।
सर्वोच्च बारमा एमाले र माओवादी केन्द्र मिल्दा कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन भएको छ । यो गठबन्धनबाट कांग्रेसनिकट वकिल मेघराज पोखरेल अध्यक्षको उम्मेदवार भएका छन् । उपाध्यक्ष भने एकीकृत समाजवादीले पाएको छ । उपाध्यक्षमा एसले अमर राउतलाई उम्मेदवार बनाएको छ ।