धादिङ । अखिल (क्रान्तिकारी) धादिङ काठमाडौं सम्पर्क समन्वय समितिकाे अध्यक्षमा विश्व जम्कट्टेल चयन भएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएकाे प्रथम भेलाबाट उपाध्यक्षमम उमंग थपलिया, सपना अधिकारी र समुन्द्र शिंखडा, विनायक अधिकारी, सचिवमा सन्देश न्यौपाने, सह-सचिवमा अवगत थपलिया, बिबिका सिलवाल, नमा केसि, बमराज गुरुङ र कोषाध्यक्षमा तारा विश्वकर्मा चयन भएका छन् ।
भेलाले ३५ सदस्य धादिङ-काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेकाे छ ।