एनपीएलः दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्ने

Avatar photo
Dhadingpost
बिहिबार, पुस ४, २०८१

काठमाडौं । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् ।

यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको हो ।

हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको छ । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने क्यानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

एनपिएलको शीर्ष ४ टोली २ करोड १० लाख रुपैयाँ रहनेछ। यसअघि क्यानले उत्कृष्ट नेपाली खेलाडीलाई कार दिने बताइसककेको छ। यसबाहेक क्यानले प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई ५० हजार र क्याच अफ दी म्याच हुनेलाई २५ हजार प्रदान गर्दै आएको छ।