धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थित गणेशस्थान युवा क्लब (GYC) को दोस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा शंकर पाण्डे निर्वाचित भएका छन् ।
नव निर्वाचित कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा रोजन पाण्डे, उपाध्यक्षमा सुनिल सिटौला, सचिवमा सन्दिप सिटौला, सह-सचिवमा सिर्जन सिटौला र कोषाध्यक्षमा भगवती बसौला (थपलिया) चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरूमा बिशाल खाँड, राम प्रसाद त्रिपाठी, सीमा कंडेल, संगीता पाण्डे, प्रजुल सुयल र शिव सुनार चयन भएका छन् ।
सचिव सिटौलाका अनुसार अधिवेशनले क्लबकाे संरक्षकमा हरी बहादुर बि.क. (अध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका-६, धादिङ), सल्लाहकार समितिमा मनोज कंडेल पूर्व GYC अध्यक्ष, बोधनाथ त्रिपाठी समाजसेवी तथा बौद्धिक व्यक्तित्व, कुश बहादुर सिटौला (राजेन्द्र) प्रवक्ता त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ, तथा वडा नं. ५ अध्यक्ष, विष्णु तिमल्सिना पू. प्रध्यापक, समाजसेवी, गणेश सिटौला पू.प्र.अ. समाजसेवी, गोपाल बहादुर राना त्रिपुरासुन्दरी पूजा समिति अध्यक्ष तथा शिक्षक, नन्द प्रसाद थपलिया वडा सदस्य ६ तथा समाजसेवी, जितेन्द्र पाण्डे अधिवक्ता, शंकर थपलिया प्रअ शिक्षक तथा स्थानीय, लुम बहादुर पाण्डे समाजसेवी तथा स्थानीय र संयोजकमा सुवास थपलिया स्थानीयलाई चयन गरेकाे छ ।