धादिङ । धादिङको गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता गजुरी ५ स्थित गलाैदी खेल मैदानमा आजबाट सुरुभएकाे छ ।
गजुरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने यस प्रतियाेगिताकाे उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेले गरेका हुन् ।
याे प्रतियाेगिताकाे समापन पुस ४ गते हुनेछ र छनाेट भएका खेलाडीले अन्तरपालिका स्तरीय हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ, पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष, वडाअध्यक्षहरु, सहभागी विद्यालयका प्रधानाध्यापकहरुकाे आतिथ्यता रहेकाे थियाे ।
गत वर्ष मंसिर २७ देखि २९ गते सम्म भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता डोलभन्ज्याङ माविले ६ स्वर्ण, ५ रजत र ४ कास्य सहित १५ मेडल सहित प्रथम भएको थियाे ।