धादिङ । धादिङको धुनिवेशी नगरपालिका-२ घर भई काठमाडौंको नागार्जुन शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ सहित अर्का काठमाडौं महानगरपालिकाबिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्ण प्रसाद श्रेष्ठ सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
काठमाडौंको नागार्जुन नगरपालिका-६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटीमा लगाएको करिब २ तोला सुनको सिक्री बा ९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरुभएको प्रहरीले जनाएको छ ।