धादिङ । माओवादी केन्द्र बेनीघाट रोराङको पालिका सम्मेलन सुरुभएको छ । सम्मेलन सुरु अघि माओवादी कार्यकर्ताहरुले सरकार विरुद्ध प्रदर्शन एवम् विरोधसभा गरेका थिए ।
विरोध सभामा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मूलुकभर कांग्रेस-एमाले एक भएपनि माओवादीलाई हराउन नसक्ने दावी गरेका थिए । माओवादीको साङ्गठानिक धरातल सुदृढ र एकता वद्ध छ । अब ०८४ को चुनावका लागि हामी कांग्रेस-एमालेको गठबन्धन विरुद्ध एक्लै लड्न तयार छौं विरोध सभामा बोल्दै उनले भ्रष्टचारी जोगाउनेको हुन् जताले राम्ररी चिनेको बताएका थिए ।
सम्मेलनले आजै बेनीघाट रोराङ गाउँपालिका कार्यसमिति चयन गर्ने बताईएको छ । शुक्रबार माओवादी केद्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा रुवी भ्याली गाउँपालिकाको सम्मेलन सकिएको थियो ।