धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेश स्थान युवा क्लव (जीवाईसी) को आयोजनामा जारी “तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८१” को आज सेमिफाईनल र फाईनल खेल हुने भएको छ ।
आजको खेल तालिका
सेमिफाईनल
सल्यानबेंशी युथ क्लब (सल्यानबेंशी) 🆚 त्रिपुरा सेभेन होर्सेस (आगिन्चोक)
बिहान ११ः३० (मंसिर १९ गते)
न्थ्ऋ “ब्” (गणेशस्थान) 🆚 द राइजिङ विशालनगर (आरुघाट)
दिउँसो १ बजे (मंसिर १९ गते) सेमिफाईलनको विजेता बीच दिनको ४ बजे फाईनल खेल हुने छ ।
यस 7-A-Side नकआउट फुटबल प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ९९ हजार ९९९, उपविजेतालाई ५५ हजार ५५५ र उत्कृष्ट गोल किपर, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र अनुशासित खेलाई १ जनालाई ३/३ हजार प्रदान गरिने जीवाईसीले जनाएको छ ।
गत वर्ष सम्पन्न “दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८०” डाडागाउॅ (DYC) ले जितेको थियो भने लपाङ यूवा क्लव (LYC) लपाङ उप-विजेता भएको थियो ।