उप चुनाव नतिजाः कांग्रेसलाई धक्का, माओवादी दोस्रो, एमाले तेस्रो

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १८, २०८१

काठमाडौं । पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको नतिजाले कांग्रेसलाई धक्का लागेको छ भने माओवादी केन्द्र दोस्रो र एकाले तेस्रो भएका छन् । संसद्का दुई ठुला दल कांग्रेस र एमालेबिच सत्तागठबन्धनपछि भएको पहिलो जनमत परीक्षणमा दुवै दलले अपेक्षित नतिजा निकाल्न सकेनन् । माओवादीले एमालेलाई उछिनेर बलियो उपस्थिति जनाएको छ ।

कांग्रेस : १ मेयर, २ जिसस प्रमुख र १६ वडाध्यक्षसहित १९ सिट (०७९ मा २७) । माओवादी : १ अध्यक्ष, १ उपमेयर, २ उपाध्यक्ष र ७ वडाध्यक्षसहित ११ सिट (०७९ मा ८ ) । एमाले : १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडाध्यक्षसहित ८ सिट (०७९ मा ७) । जसपा : २ वडाध्यक्ष (०७९ मा १) । रास्वपा : १ वडाध्यक्ष । एकीकृत समाजवादी : १ वडाध्यक्ष । नेमकिपा : १ वडाध्यक्ष । स्वतन्त्र : १ वडाध्यक्ष (०७९ मा १) ।

तीन निर्विरोधबाहेक आइतबार ४१ स्थानका लागि भएको निर्वाचनमा सबैजसो दल ०७९ मा निर्वाचित ठाउँमा पराजित भएका छन् र नयाँ–नयाँ स्थानमा विजेता बनेका छन् । कांग्रेसले आठ सिटमा क्षति व्यहोरेको छ । एमालेले अपेक्षाअनुसार नतिजा निकाल्न सकेन । माओवादीले गत निर्वाचनमा भन्दा राम्रो नतिजा निकालेर आगामी निर्वाचनका लागि गठबन्धनविनै लड्न सकिने आत्मबल हासिल गरेको छ ।