गंगाजमुना ०८३ सम्ममा सफा र स्वच्छ पालिका घोषणा हुने

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १३, २०८१

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाको वडा नम्बर ३ ले एक वर्ष अघि नै सफा र स्वच्छ वडा घोषणा गर्दै वागमती प्रदेशको पहिलो वडा बनेको भएता पनि अन्य वडाका पालिकाले ०८३ चैत १५ गते भित्रमा सफा र स्वच्छ पालिका घोषणा गर्ने लक्ष्य लिएको छ ।

शान्ति नेपालको साझेदारीमा भएको दुई दिने पूर्ण सरसफाई अभियान तालिम समापनमा पालिका अध्यक्ष भक्त लामाले तोकिएको समय सिमामा पालिकाले सफा र स्वच्छ पालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कुन वडाले कहिले सम्म सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने
वडा नम्बर १ ले ०८३ फागुन १५ भित्र
वडा नम्बर २ ले ०८२ चैत्र मसान्त सम्म
वडा नम्बर ३ यस अघिनै घोषण भैसकेको
वडा नम्बर ४ ले ०८२ पुस मसन्त सम्म
वडा नम्बर ५ ले ०८३ जेष्ठ मसान्त सम्म
वडा नम्बर ६ ले ०८३ फागुन १५ सम्म
वडा नम्बर ७ ले ०८३ फागुन भित्रमा

शान्ति नेपालले गांजमुना गाउँपालिकाले पालिका स्तरीय खानेपानी सरसफाइ तथास्वच्छता समन्वय समितिलाई पूर्ण सरसफाई तालिाम तालिम दिएको हो । उक्त समितिमा वडाअध्यक्षहरु सहित अन्य कार्यपालिका सदस्यहरु समेत रहेका छन् । तालिमलाई शान्ति नेपालले सहजिकरण गरेको थियो ।

तालिममा शान्ति नेपालका नीति तथा रणनीतिक सल्लाहकार डा. कृष्णमान शाक्य, कार्यकारी निर्देशक पीआर शर्मा, परियोजना व्यवस्थापक, इन्द्रमान शाक्य, ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य प्रमुख सुजन श्रेष्ठ लगायतले सहजकर्ताको भूमिका रहेका थिए ।