धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेश स्थान युवा क्लव (जीवाईसी) ले यहि मंसिर १५ देखि १९ सम्म “तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८१” को आयोजना गर्ने भएको छ ।
त्रिपुरासुन्दरी ६ हाँसेपसलमा खेलमैदानमा हुने उक्त प्रतियोगिताको पुस्कार राशी प्रथमलाई ९९ हजार ९९९, उपविजेतालाई ५५ हजार ५५५ र उत्कृष्ट गोल किपर, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र अनुशासित खेलाई १ जनालाई ३/३ हजार प्रदान गरिने जनाईएको छ ।
मंसिर १५ गते बिहान ११ बजे सुरु हुने यस 7-A-Side फुटबल प्रतियोगिताको लागि टिम दर्ताका लागि रोजन पाण्डे 9841045626, सुजन श्रेष्ठ 9860703409 र मनोज मगर 9808859661 लाई सम्पर्क गर्न सकिने जनाएको छ ।
गत वर्ष सम्पन्न “दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८०” डाडागाउॅ (DYC) ले जितेको थियो भने लपाङ यूवा क्लव (LYC) लपाङ उप-विजेता भएको थियो ।