धादिङ । जिल्ला स्तरीय भलिबल प्रतियोगितामा सहभागी भई तृतीय स्थान हासिल गरि फर्किएका पालिकाका खेलाडीलाई बेनीघाट रोराङ गाउँपालिकाले गाउँपालिका परिसरमा बोलाएर सम्मान गरेको छ ।
धादिङबेसीमा आज सम्पन्न भएको मनोज स्मृति कप भलिबल महिला तर्फ बेनीघाट रोराङ गाउँपालिकाको टिमले तृतीय स्थान प्राप्त गरेको थियो । उनीहरुलाई सम्मान गर्दै पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले पुरस्कार वापतको रकम खेलाडीहरुलाई नै सम्मान स्वरुप हस्तान्तरण गरेका थिए ।
बेनीघाट रोराङको टिममा खेलाडीहरु सजना राय, यनि तामाङ, सुस्मा गुरुङ, विनिता परियार, सञ्जिता मानन्धर, रोशनी विक, सरस्वती सुनार, युना पाण्डे, अस्मिता तामाङ, सुस्मा चेपाङ, अप्सर सुनार र टिम कोचमा पृथ्वी कटुवाल थिए ।
खेलाडीलाई सम्मान गर्दै प्रमुख थपलियाले पालिकाले खेलकुदमा लगानी बढाएको र प्रतिफल आउन सुरुवात गरेको दावी गर्दै हरेक खेलकुदमा महिला सहभागीता मात्रै नभएर नतिजास समेत आउन सुरुभएको बताएका थिए ।
जिल्ला भरिबाट ८ टिम सहभागि उक्त मनोज स्मृति कप प्रतियोगितामा सहभागि भएकोमा महिला तर्फ नीलकण्ठ नगरपालिका प्रथम, सिद्धलेक गाउँपालिका द्वितिय र बेनीघाट रोराङ र ज्वालामुखी तृतीय भएका थिए, भने ११ टिम सहभागी पुरुष तर्फ सिङ्गङ एकता समाज खनियाबास प्रथम, रुवी भ्याली गाउँपालिका द्वितिय भएका थिए ।