मनोज स्मृति कप भलिबल सिङ्गङ र नीलकण्ठले जिते

Avatar photo
नारायण सिलवाल
आइतवार, मंसिर ९, २०८१

धादिङ । धादिङबेसीमा जारी मनोज स्मृति कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता पुरुष तर्फ सिङ्गङ एकता समाज खनियाबासले र महिला तर्फ नीलकण्ठ नगरपालिकाले जितेको छ ।

पुरुष तर्फको विजेता सिङ्गङ खनियाबासले लिग चणमा त्रिपुरासुन्दरीलाई, क्वाटर फाईनलमा खनियाबास गाउँपालिकालाई र सेमिफाईनलमा गंगाजमुना गाउँपालिकालाई र फाईनलमा रुवी भ्याली गाउँपालिकालाई २५–२०,२५–२० र तेस्रो सेट २५–२१ मा पराजित गर्दै प्रथम पुरस्कार नगद १ लाख १ हजार १११ हजार हात पारेको हो । उपविजेतामा रोकिएको रुवी भ्याली गाउँपालिकाले नगद ५५ हजार ५५५ जित्यो । तृतीय हुँदै सिद्धलेक गाउँपालिका र गंगाजमुना गाउँपालिकाले नगद २०/२० हजार हात पार्न सफल भए ।

यस्तै महिला तर्फ सिद्धलेक गाउँपालिकालाई २५–१७, २०–२५, २५–१८ र अन्तिम सेट २५–१९ मा पराजित गर्दै नीलकण्ठ नगरपालिकाका खेलाडीहरुले नगद ५५ हजार ५५५ हात पार्दा उपविजेता सिद्धलेकले नगद ३० हजार ३३० हात पार्यो भने, सान्तोना बनेका बेनीघाट रोराङ गाउँपालिका र ज्वालामुखी गाउँपालिकाले १५/१५ हजार जिते ।

उत्कृष्ट खेलाडी

पुरुष तर्फ
सर्वोउत्कृष्ट खेलाडीः योहाङ तामाङ, सिङ्गङ
उत्कृष्ट स्पाईकरः प्रकाश तामाङ, रुवी भ्याली
उत्कृष्ट मिडिल ब्लगरः सुज तामाङ सिङ्गङ
उत्कृष्ट सेटरः उपेन्द्र तामाङ, रुवी भ्याली
उत्कृष्ट डिफेन्डरः कोबहादुर तामाङ, रुवी भ्याली
उत्कष्ट सर्भरः दिलिप तामाङ, सिङ्गङ
उत्कृष्ट कोचः जसबहादुर तामाङ, सिङ्गङ
महिला तर्फ
उत्कृष्ट सेटरः जमुना गुरुङ, नीलकण्ठ
उत्कृष्ट स्पाईकरः रेविका तामाङ, सिद्धलेक
उत्कृष्ट लिब्रोः पार्वती बराम, नीलकण्ठ
सर्वोउत्कृष्ट खेलाडीः वाल्मीकी आचार्य, नीलकण्ठ
उत्कष्ट सर्भरः प्रतिक्षा थापामगर, सिद्धलेक
उत्कृष्ट कोचः चेतलाल तामाङ, नीलकण्ठ

धादिङको गंगाजमुना गाउँपालिका–४, गुम्दी घर भएका धादिङ भलिबल टिमका कप्तान मजोज श्रेष्ठको ०८० कात्तिक ९ गते सिद्धलेकको खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो । टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका स्व. श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरीय प्रतियोगिता समेत जितेको थियो । उनैको सम्झनामा धादिङ जिल्ला भलिबल संघले यो स्मृति कप प्रतियोगिताको आयोजना गरेको हो ।

यो प्रतियोगिताको उद्घाट सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले उद्घाटन गरेका थिए भने प्रतियोगिताका विजयी खेलाडीहरुलाई नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीको सुची समेत धादिङ भलिबल संघले रेकर्ड राखेको बताईएको छ । उनीहरु मध्यबाट जिल्ला टिम बनाईने बताईएको छ । को-को हुन् ति छनोटमा परेका खेलाडीहरु भन्ने संघले सार्वजनिक नगरे पनि धादिङपोष्टले प्राप्त गरेको सूचना अनुसार निम्न खेलाडीहरु संघको छनोटमा परेका छन् ।

पुरुष तर्फ
योहाङ तामाङ, खनियाबास, प्रकाश तामाङ रुवी भ्याली, अमृत अधिकारी गंगाजमुना, शैलेस न्यौपाने गंगाजमुना, बुद्धिमान तामाङ खनियाबास, उपेन्द्र तामाङ रुवी भ्याली, प्रदिप थापा सिद्धलेक, शिशिर तामाङ सिद्धलेक, विदुर इटनी सिद्धलेक, प्रदिप तामाङ गंगाजमुना, मिलन घले खनियाबास, को बहादुर तामाङ रुबीभ्याली, मोहन घले गंगाजमुना, इज्जत दनाई ज्वालामुखी, सुविन श्रेष्ठ नीलकण्ठ, मुक्ति तामाङ रुवी भ्याली, राज तामाङ रुवी भ्याली ।