धादिङ । धादिङ घर भई भारतमा विभिन्न पेशामा रहेका धादिङ्गेहरुको साझा संस्था धादिङ समाज भारतको पहलमा धादिङ ज्वालामुखी १ का बोन म्यारो ब्लड क्यान्सर पिडीत विवेक सिंखडालाई आर्थिक सहयोग प्राप्त भएको छ ।
अखिल भारत नेपाली एकता मञ्चका सचिव धादिङ ज्वालामुखी निवासी मनु श्रेष्ठका अनुसार बोन म्यारो ब्लड क्यान्सर पिडीत सिंखडालाई धादिङ समाज भारतको पहलमा संकलन गरिएको ९२ हजार सहयोग गरिएको हो । मनु श्रेष्ठ, धादिङ समाज भारतका अध्यक्ष राहुलराज अधिकारी लगायतको टोलीले दिल्लीमा उपचारत सिंखडालाई उक्त रकम हस्तान्तरण गरेको हो ।
उक्त अभियानमा संकलन भएको रकमको सूचि