काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) काठमाण्डौ स्वयम्भुस्थित एक घरबाट पक्राउ परेका छन् ।
स्वयम्भुबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को कार्यालयमा लगिएको छ ।
मनाङेलाई सर्वोच्च अदालतले गएको कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले मनाङेलाई २०६९ सालमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
सो मुद्दामा उनी यसअघि करिब साढे दुई वर्ष जेल बसिसकेका थिए । बाँकी अवधि उनी जेलमा बस्नुपर्ने हुन्छ ।