एमालेले ७ मंसिरमा शक्ति प्रदर्शन गर्ने

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २६, २०८१

काठमाडौं । सरकारको नेतृत्व गरेको एमालेले मंसिर ७ गते पार्टी शक्ति प्रदर्शन गर्ने गर्ने भएको छ । जागरणसभामा नाम दिएको उक्त प्रदर्शन अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको सन्देश गर्न लागिएको एमालेले जनाएको छ ।

विपक्षी दलहरूले सरकारको आलोचना गर्दै विभिन्नखाले संघर्षका कार्यक्रम गरिरहेको वेला सत्तारूढ दल एमालेले पनि सडकमा उपस्थिति जनाउन लागेको हो । विपक्षीहरूले सरकार अस्वाभाविक रूपमा बनेको, भ्रष्टचारीलाई संरक्षण गरेको र राजनीतिक प्रतिशोध साधेर सहकारी प्रकरणमा काम गरेको आरोप लगाएका छन् । भने एमालेले अराजकताविरुद्ध सडकमा आउन लागेको जनाएको छ ।