दीपक मनाङेलाई ५ वर्ष कैद सजायको फैसला

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २१, २०८१

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

सत्ता सत्ता समिकरणलाई साथ नदिएका मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट ५ वर्ष कैद सजाय फैसला भएको हो ।

मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।