काठमाण्डौ । आज हिन्दु नेपालीहरुको पर्व तिहारको भाइटीकाको दिन आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जाएको छ ।
महाशाखाकाअनुसार आज कोशी प्रदेशको पहाडी भागका एकरदुई ठाउँ तथा तराईका केही भाग, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।