तिहार सुरु आज धनतेरस, भोली काग पुजा

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १३, २०८१

काठमाडौं । यमपञ्चक अर्थात् तिहार आजदेखि आरम्भ भएको छ । यो हिन्दूहरुको दोस्रो ठूलो चाड हो । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

समितिले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेयस वर्ष यमदीपदान भने भोलिदेखि सुरु हुने जनाएको छ । काग तिहार पनि बुधबार नै परेको छ । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।

कात्तिक १५ गते दिउँसो १५:१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गरिनेछ। यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७:१५ बजेसम्म परेको छ। यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन।

गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ ।