
धादिङ । धादिङको गजुरी गाउँपालिका १ गजुरी बजारमा खुल्ला क्यारेम बोर्ड प्रतियोगिता हुने भएको छ ।
कार्तिक १४ र १५ गते हुने उक्त प्रतियोगिताको पुरस्कार राशी विजेतालाई ३० हजार र उप विजेतालाई १५ हजार राखिएको सुजन प्रजाले धादिङपोष्टलाई बताए ।
माओवादी केन्द्रको पाटी कार्यलयको अपोजिट जरुङ होटल अदर्श चोक गजुरीमा यो प्रतियोगिता हुन्छ । रेफ्रीको निर्णय अनुसार गोला प्रथाद्वारा खेल खेलाइने प्रजाले बताए ।
