धादिङमा भएको क्यारेमबोर्ड प्रतियोगिता हिरा तामाङको जोडीले जित्यो

Avatar photo
Dhadingpost
सोमवार, अशोज २९, २०८०

धादिङ । धादिङ बेनीघाट रोराङ स्थित चरौंदीमा सम्पन्न खुल्ला क्यारेमबोर्ड प्रतियोगिता जबाङका हिरा तामाङ र मानविर गुरुङको जोडीले जितेको छ ।

युथ अफ रोराङले आयोजना गरेको उक्त प्रतियोगितामा २० टिम सहभागि थिए । प्रथम भए सँगै हिरा तामाङको जोडीले ४० केजीको खसी हात पारेको छ । यस्तै दोस्रो हुने चरौंदीका सानुबाबु गुरुङ र सानुभाई कडेलको जोडीले २० केजी बराबरको खसी हात पारे भने सान्तोना हुने घुम्तीका गणेश श्रेष्ठ र बुद्धि मगरको जोडीले ३ केजी बराबरको लोकल भाले हात पारेका थिए ।

प्रतियोगिताका विजयीहरुलाई वडा अध्यक्ष कुमार बस्तेतको हातबाट पुरस्कार वितरण गरिएको थियो भने प्रतियोगिताभर रेफ्रीको भूमिका निभाउने निर्मल नेपाल, रामशरणा प्रजा, बिनोद शाह, जिबन कुमार धिमिरे, बुद्दि मगर, दिपक भट्ट, सुमन थापा, राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।