धादिङमा डेंगु र स्क्रव टाईफस संक्रमित बढ्दो

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ६, २०८१

धादिङ । जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार धादिङमा डेंगु र स्क्रव टाईफस संक्रमित बढ्दो अवस्थामा देखिएको छ ।

सोमबारमात्रै धादिङमा ५ पुरुष र ३ महिलामा गरी ८ जनामा डेंगु र ५ पुरुष र २ महिलामा स्क्रव टाईफसको संक्रमण देखिएको जनस्वास्थ्य धादिङले जनाएको छ ।

सोमबार गल्छीमा मात्रै ८ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो भने, नीलकण्ठमा २, ज्वालामुखी र सिसद्धलेककमा ११ जनामा स्क्रव टाईफस संक्रमण पुष्टि भएको थियो । बैशखाख यता मात्रै धादिङमा डेंगु ४९३ जनामा र स्क्रव टाईफस १७१ जनामा संक्रमण पुष्टि भई सकेको छ ।