धादिङबेसीबाट काठमाडौं जानेको भिड, टिकट पाउनै मुस्किल

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १, २०८१

धादिङ । दशैं सकिए सँगै धादिङबेसीबाट काठमाडौं जाने बस/माईक्रोको टिकट काट्नेहरुको भिड बढेको छ ।

बिहानै देखि टिकट काट्नेको भिड देखिन्छ धादिङबेसीमा । विगतका दिनहरुका भन्दा आज बसहरु कम भएकोले पनि भिड भएको जानकारी आएको संचारकर्मी सन्तोष राज श्रेष्ठ बताउँछन् । हिजो ३५० भाडा लिएको जनाकारी पाएपछि प्रहरी कार्वाही गर्यो आज बस कम भयो ३५० नै भाडा लिन पाईन्छ भन्यो भने यहाँ बसहरुको लाईन थेगि नसक्नु हुन्छ । भाडामा कडाई हुनासाथ आज बससहरु कम देखिदा यात्रुहरुले टिकट पाउन सकस भएको उनी बताउँछन् ।

धादिङका माइक्रो यातायात, गामिण यातायत सहकारी र गामिण यातायत धादिङ प्रालि र मण्डली यातायात प्रालिका माईको र बसहरुलाई यात्रु बोक्न भ्याइनभ्याई छ । भाडामा ट्राफिलले कडाई गरेको छ, बढी भाडा लिएको जनकारी गराए उक्त बसलाई तत्काल जरिवाना गराउँदै आएको छ । तस्वीर सन्तोषराज श्रेष्ठ