बुद्धिमान तामाङलाई संगठन विभागको जिम्मा

Avatar photo
Dhadingpost
अशोज १७, २०८१

काठमाडौं । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङलाई अध्यक्ष राजेन्द्र लिङ्देनले संगठन विभागको प्रमुखमा मनोनयन गरेका छन् ।

अध्यक्ष लिङ्देनले विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष तामाङलाई संगठन विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

लिङ्देनले स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सुचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई मनोनित गरेका छन् ।