धादिङका पारस सहित ३ जना नेपालीले अस्ट्रेलियामा जिते कांस्य पदक

Avatar photo
Dhadingpost
बुधबार, अशोज ९, २०८१

धादिङ । धादिङका पारस भण्डारी सहित नेपालका शिशिर श्रेष्ठ र मनोज श्रेष्ठले अस्ट्रेलियन ओपन जी–२ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेको छन् ।

अस्ट्रेलिया तेक्वान्दोको आयोजनामा ब्रिसवेनस्थित निसान एरिनामा भएको प्रतियोगिता उनीहरुले ३० वर्षमुनि पुरुष टिम पुम्सेमा कांस्य पदक जितेका हन् ।

केहि महिना अघि न्यू साउद वेल्सको प्रदेशस्तरीय प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडी हुन् पारस । उनी संगै धादिङकी त्रिपुरेश्वर खहरे निवासी सन्जिला तिमल्सेना पनि त्यहाँको प्रदेशबाट राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएकी थिईन् । राष्ट्रिय प्रतियोगिता हुन बाँकी नै छ ।