धादिङ । अस्ट्रेलिया बस्दै आएका धादिङका दुई जना सहित ५ जना नेपाली मुलका खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि स्वर्ण विजेता त्रिपुरेश्वर खहरे निवासी सन्जिला तिमल्सेना र ज्वालामुखी ५ का पारस भण्डारी सहित पाँजना नेपाली मुलका खेलाडी न्यू साउद वेल्सको प्रदेशस्तरीय प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगितामा छनोट भएका हुन् ।
छनोट भएका अन्य नेपाली खेलाडीहरुमा मनोज श्रेष्ठ, शिशिर श्रेष्ठ र चन्दू शाह छन् । ८ सयभन्दा धेरै खेलाडी सहभागी प्रतियोगितामा नेपाली मुलका यी पाँच खेलाडीले पदक जित्दै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् ।