धादिङमा रेबिज विरुद्धको खोप अभियान सुरु

Avatar photo
Dhadingpost
सोमवार, अशोज ७, २०८१

धादिङ । हरेक वर्ष सेप्टेम्बर २८ का दिन विश्व रेबिज दिवस मनाइने गरिन्छ । साताव्यापी रुपमा जनचेतना मूलक कार्यक्रम सँगै रेबिज विरुद्धको खोप अभियान गरि नेपालमा यो दिवस मनाईने भएको छ ।

जस अनुरुप देशभर आईतबारबाट “अवरोध हटाऔं, रेबिज उन्मूलन गरौं” भन्ने नाराका रेबिज विरुद्धको खोप अभियान सुरुभएको छ । अभियनाको क्रममा नीलकण्ठ नगरपालिका धादिङबेसीमा कुकुर बिरालो लगायत घर पालुवा रेबिजबाट जोखिममा रहेका जनावरलाई खोप लगाउन सुरु गरिएको नीलकण्ठका नायव पशुसेवा प्राविधिक सुवास खतिवडाले धादिङपोष्टलाई बताए ।

यो अभियान जिल्लाका सबै पालिकामा संचालन गरिने र विशेषतः छाडा रहेका कुकुरहरुलाई खोप लगाईने घरमा पालिएका कुकुर विरालोलाई खोप लगाउन अनुरोध गरिने छ, भने रेबिज बारे सचेतना मूलक कार्यक्रम गरिने पशुसेवा कार्यालयले जनाएको छ ।