रेबिज, एक घातक भाइरल रोग जसले जनावर र मानिस दुबैलाई असर गर्छ, विश्वव्यापी रूपमा महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य खतरा निम्त्याउँछ। विश्व रेबिज दिवस, हरेक बर्ष सेप्टेम्बर २८मा मनाईन्छ, रेबिज रोकथाम र नियन्त्रणको महत्व बारे सचेतना जगाउने प्लेटफर्मको रूपमा काम गर्दछ । हरेक बर्ष सेप्टेम्बर २८ का दिन विश्व रेबिज दिवसलाई रेबिज सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्राथमिक लक्ष्यका साथ मनाइन्छ ।
रेबिज के हो ?
रेबिज भाइरसबाट हुने खतरनाक रोग हो । बिश्वमा ५०,००० मानिसको प्रती बर्ष मृत्यु यस रोगबाट हुन्छ । जुनसुकै जनाबरलाई यो रोग लाग्न सक्छ है ? फयाउरा, चमेरो, कुकुर , बिरालो , गाइ भैंसी, मानिस । यदी कुनै मानीस वा पशुलाई रेबिज भएमा मृत्यु हुन्छ ।
रेबिज कसरी लाग्छ ?
रेबिज भएका पशुले टोकेमा चिथोरेमा । तिनको ¥यालमा भाइरस हुन्छ ।
रेबिजबाट कसरी विरामी परिन्छ ?
रेबिज भाइरस शरीरमा पुुगेपछि स्नायु तन्तुमा बिचरन गर्छ । मुख्य लक्ष्य मस्तीस्कलाइ असर गर्ने ।
जनावर जसले रेबिज सार्छ
चमेरो, फ्याउरो, लोर्खके, भुइं-सुगुर, बिरालो, भुस्याहा कुकुर खोप नलगाएर पालेको ।
जनावर जसले रेबिज सार्दैन
मुख्यत: मुसा, सर्प, भ्यागुतो, खरायो, मौरी आदि
मानिसमा रेबिज रोगका लक्षणः
मानिसको शरिरको रेविजको भाईरस प्रबेश गरे देखी रोग देखा पर्न ३० देखी ६० दिन लाग्छ तर कम्तिमा १० दिनमै वा बर्षौ पछि पनि देखा पर्न सक्छ । प्राय: मानिसमा टोकेको ठाउमा दुख्ने झम्झमाउने एक्कासी चिलाउने जस्ता पहिलो लक्षण देखिन सक्छ । त्यसपछि ज्वरो अउनु जाडो लाग्नु थकित हुनु शारिरका मांसपेशी दुख्नु र झर्कने जस्ता लक्षण विरामीमा देखिन सक्छ । क्रमशः विरामीमा दिग्भ्रमित हुने, बाझिने, विना कारण काम्ने बेसुर हुने लक्षण देखिन सक्छ । रेविजको पुर्ण तथा अन्तिम अवस्थामा भने स्वास फेर्न तथा खानेकूरा निल्न नसक्ने, मांशपशीहरुमा नियमित अनियमति रुपमा खुम्चने र कम्पन हुने र विरामीले पानि सम्म निल्न गाह्रो हुन्छ ।त्यस्ता विरामीका नजिक पानी राख्दा तर्सने गर्दछ ।त्यसैले पनि यसलाई हाईड्रोफोविया पानिबाट तर्सने रोग पनि भन्ने गरिन्छ भने विरामीको अगाडी पानी देखाउदा रेविज एकिन गर्न सजिलो हुन्छ । त्यस्तै गरी हावा सुघाउदा पनि डाराउने गर्दछ । त्यो अवस्थालाई एरोफोविया भनिन्छ । यो अवस्थामा पुगेको विरामी प्राय बाच्दैनन।
जनावरमा रेबिज रोगका लक्षणः
रेबिज रोग ग्रसित जनावरहरु विरामी परेको जस्तो देखिनूका साथै रिसाहा झोक्रिने झम्टिने जे पायो त्यो टोक्ने स्वाभावका हुन सक्दछन् । पशुमा हुने यिनै बाह्य लक्षणका कारण यो रोगलाई सामान्य बोलचालको भाषामा बहुलाहा कुकुर भनिएको हो । यस बाहेक कुनै कुनै रोगबाट ग्रसित जनावर एकदमै मैत्री स्वभाव लोसे, शान्त तथा दिग्भ्रमित भएको लक्षण देखिन सक्दछ । प्रायः रात्री कालिन समयमा विचरण गर्ने जंगली जनावर दिउसै बस्तिमा भौतारिन थाल्यो भने जस्तै स्याल, फ्याउरो, चमेरो वा सामान्य अवस्थामा शान्त रहने जनावरले अनौठो व्यवहार देखाय वा अतिनै मैत्रि स्वभाव देखाएको पाईएमा त्यस्ता जनावरलाई रेबिज रोग ग्रसित हुन सक्ने शंका गर्नु पर्छ ।
रेबिज होे हैन?
प्रयोगशाला जांच पछिमात्र थाहा हुन्छ । मस्तिस्कको तन्तु जांच गरेपछि ।
रेबिजबाट बच्न सकिन्छ ?
कुकुरलाइ खोप । टोेकेको घाउको सफाइ । भुस्याहाबाट टाढा ।
आफनो कुकुर सुरक्षित राख्ने
आफुले पालेका कुकुरबिरालाइ नियमित रेबिज खोप लगाउने । कुकुर संधै बांधेर राख्ने । वरिपरि जंगली भुस्याहा जनावर अनौठो ब्यबहार गरेको देखे अभिभावकलाई खबर गर्ने । कुकुरलाई अरु जनावरले टोकेमा भेटेरीनरी डाक्टरलाई देखाउने । कुकुरको परिबार नियोजन/बन्ध्याकरण गराउने ।
रेबिजबाट बच्न सकिन्छ ?
नचिनेको कुकुरलाई न चलाउनु । अर्काको कुकुरसंग खेल्न मन लागे सोध्नु । बिरामी चोटपटक लागेको कुकुर देखिएमा खबर गर्ने ।
तिमीलाई कुनै जनाबरले टोके चिथोरेमा
- ढुलोअभिभावकलाई खबर गर्ने ।
- साबुन पानीले घाउ धुने ।
- डाक्टरसंग सल्लाह लिने ।
डा. केदार कार्की
सेवा निबृत बरिष्ठ पशुचिकित्सक
भेटेनरी जनस्वास्थ्य कार्यालय, त्रिपुरेश्वर