जनप्रगतिशिल मञ्च साउदीको विज्ञप्ती: दुतावासको कार्यक्रममा पैसा उठाउने यान्वुलाई पैसा फिर्ता गर्न आव्हान

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ३, २०८१

धादिङ । नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबले नेपाली महावाणिज्य दुतावास जेद्दाले राहदानी नवीकरण क्याम्प संचालन गरेको शिविरमा नेपाली सेवा समिति यान्वु नामक सामाजिक संस्थाले राहदानि नविकरण गर्न आएका सबै नेपालीहरूबाट पैसा उठाएकोमा आपत्ती जनाउँदै उक्त रकम सार्वजनिक गरि फिर्ता गर्न आव्हान गरेको छ ।

जुनसुकै उद्देश्यका साथ रकम संचालन गरिएको भएपनि यस्ता कार्यहरु दुतावासले आयोजना गरेको कार्यक्रममा हुनु लज्जाजनक हुने, विलकुलै अनर्थ लाग्ने हुदा यसले दुतावासको मर्यादामा पनि क्षति पुर्याएको मञ्चले जारि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

धादिङ घर भई रोजगारीको शिलशिलामा साउदीमा रहेका नेपाली जनप्रगतिशिल मञ्च साउदी सचिव हरिभक्त मगरातीका अनुसार यान्वुलाई संकलन भएको जम्मा रकम सार्वजनिक गर्न र क्षमायाचना सहित ति सबैजनाको शुल्क फिर्ता गर्न विज्ञप्ती मार्फ आव्हान गरेका छौं । साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूको आवाज वनेर हाम्रो संगठन अघि बढी रहेको छ गलत गर्नेलाई हामी छाड्दैनौ उले भने ।