शिक्षक हाजिरीजवाफमा पिपलभञ्ज्याङ माविको टिम प्रथम

Avatar photo
Dhadingpost
आइतवार, भदौ ३०, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको गाउँपालिका स्तरीय खुल्ला शिक्षक हाजिरीजवाफ प्रतियोगितामा पिपलभञ्ज्याङ मावि, ताल्ती का अम्मर बहादुर मगर, अशोक मगर, खालिद मियाको टिम प्रथम भएको छ ।

प्रतियोगितामा बाँसखर्क माविका सुरेश कुमार तामाङ, यमकला भुसाल भुर्तेल र शान्ता ज्ञवालीको टिम द्वितिय, चन्द्रोदय मावि, वेनीघाटको टिम कृष्ण परियार, यमुना खड्का र पम्फा पाण्डेको टिम तृतिय र कालिका मावि बिधाङको टिम गुभेश्वरा पैकरा, नीलकण्ठ वाग्ले र सूर्यजङ भट्टराई सान्तोना भएका छन् ।

बेनीघाट रोराङका शिक्षा अधिकृत बोधराज पाठकका अनुसार प्रतियोगितामा ३६ विद्यालयबाट ३६ टिमबाट सहभागि थिए जसमा बहु-बैकल्पिक प्रश्नहरुको प्रयोग गरी ८ टिममा झारिएको र दोस्रो चरणको हाजिरी जवाफ प्रतियोगिता शुरु गरिएको थियो ।

बेनीघाट रोराङले गत वर्ष शिक्षकहरुको खुल्ला कविता प्रतियोगिता आयोजना गरेको थियो भने यो वर्ष हाजिरीजवाफ प्रतियोगिता गरेको हो । गत वर्षको कविता प्रतियोगितामा चन्द्रोदय मावि विशालटारका शिक्षक राजेन्द्र दाहाल प्रथम भएका थिए भने शंखादेवीका सुमन खनाल र चन्द्रोदय मावि विशलटारका डम्बरराज पन्त द्वितीय, राष्ट्रिय मावि खोरभञ्याङकी रचना श्रेष्ठ तृतिय, ओर्वाङ आधारभुत विद्यालयका कृष्ण महरा र शंखादेवी मावि मझिमटारका कमल राना सान्तोना भए थिए ।