माओवादी केन्द्र काठमाडौं-रुवी भ्यालीको अध्यक्षमा बमबहादुर बिक चयन

Avatar photo
Dhadingpost
शनिबार, भदौ २९, २०८१

धादिङ । नेकपा (माओवादी केन्द्र) काठमाडौं खनियाबास समन्वय समितिको चौथो भेलाबाट अध्यक्षमा बम बहादुर बिक चयन भएका छन् ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा तुलुबहादुर तामाङ, सचिवमा दावा तामाङ, कोषाध्यक्षमा सुजिता घले गुरुङ चयन भएका छन् । सदस्यहरुमा सुर्य विक, लिलामान तामाङ, भीम गुरुङ, दिनेश गुरुङ, दोर्जे लामा, सर्के लामा, अमरसिंह तामाङ, दिलाल विक, ऐरेन्स तामाङ, गोपीमान तामाङ, सुरेश तामाङ चयन भएका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा केन्द्रिय सदस्य कल्पना धमला, रामबहादुर भण्डारी, काठमाडौं उपत्यका संयोजक जगत सिंखडा, प्रदेश सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), जिल्ला संयोजक मनराज भण्डारी (शैलेस), जिल्ला सचिव दिपक लामिछाने (सुबोध) लगायतको आतिथ्यता रहेको थियो ।