काठमाडौं । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा चर्चित कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।
कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको पाईएकोले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको बताईएको छ ।
इकुले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ ।