माओवादी केन्द्र गंगाजमुना-काठमाडौंको अध्यक्षमा उत्तम सिंखडा चयन

Avatar photo
Dhadingpost
आइतवार, भदौ २३, २०८१

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ-काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत गंङ्गाजमुना-काठमाडौं सम्पर्क समन्वय समितिको काठमाडौं स्थित लेखनाथ साहित्य सदन, सोह्रखुट्टेमा भएको भेलाले अध्यक्षमा उत्तम सिंखडा चयन भएका छन् ।

पार्टीको केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान मुख्य मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न उक्त भेलाबाट उपाध्यक्षमा गिीराज सिंखडा, लेखनाथ न्यौपाने, अशोक अधिकारी, सचिवमा राजन न्यौपाने, कोषाध्यक्षमा सरस्वती सिंखडा र सह सचिवमा निर्मला थापा भयन भएका छन् ।

यस्तै भेलाले ५ सदस्य पछि थप्ने गरि चिरमान तामाङ, जामलिङ तामाङ, सुवास सिंखडा, अर्जुन नेपाली, नारायण भण्डारी, नेत्र सुवेदी, मिलन गुरुङ, सुजन कार्की, हिमाल सुन्दास, सन्तोष तिमल्सिना, दिनेश कार्की, अनिल विक, सन्तोष मल्ल, शिव न्यौपाने, दीपक खनाल, दीपेन्द्र सिंखडा चयन गरेको छ ।

उक्त भेलामा केन्द्रीय सदस्य राम बहादुर भन्डारी, उपत्यका विशेष कमिटिका संयोजक जगत सिंखडा, बागमती प्रदेशका सह-सचिव दलबहादुर बुर्लाकोटी (विजय), जिल्ला संयोजक मनराज भण्डारी, जिल्ला सचिव दीपक लामिछाने (सुबोध) लगायतको आतिथ्यता रहेको थियो ।