धादिङ । गंगाजमुना गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हरितालिका तीजको उपलक्ष्यमा आयोजना गरेको तीज गित प्रतियोगिता स्वास्थ्यकर्मी टोलीले जितेको छ ।
“सुशासन, समृद्धि र विकासमा महिलाको भूमिका” शिर्षक दिईएको गाउँपालिका स्तरीय खुल्ला मौलिक महिला तीज विशेष गीत प्रतियोगिता ग्रामीण अस्पताल फूलखर्क स्वास्थ्यकर्मी टोलीले जितेको हो । स्वाथ्यकर्मीको टोली वडा नम्बर ५ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा समेत प्रथम भएको टोली हो ।
प्रतियोगितामा वडा नम्बर ५ बाट ८ टिम र वडा नम्बर ३ बाट १ टिम गरी ९ टिम सहभागी थिए । जसमा गंगाजमुना कृषक महिला समूह द्वितिय, हातेमालो समाज नेपाल तृतिय र भूमेस्थान कृषक समूह सान्तोना भएका थिए । महिला, वालवालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमिता भट्टका अनुसार विजेताहरुलाई क्रमस १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसअघि गंगाजमुनाको तीज गीत प्रतियोगिताहरु