गंगाजमुना ५ को तीज गितमा स्वास्थ्यकर्मी टोली प्रथम

Avatar photo
Dhadingpost
आइतवार, भदौ १६, २०८१

धादिङ । गंगाजमुना गाउँपालिका वडा नम्बर ५ ले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि हरितालिका तीजको उपलक्ष्यमा भदौ १५ गते तीज गित प्रतियोगिताको सम्पन्न गरेको छ ।

वडा अध्यक्ष कुमार बहादुर अधिकारीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा पालिकाका उप-प्रमुख रामेश्वर सिंखडाको विशेष आतिथ्यतामा भएको उक्त तीज गित प्रतियोगितामा ग्रामीण अस्पताल फूलखर्क स्वास्थ्यकर्मी टोली प्रथम भएको कृष्णराना मगरले धादिङपोष्टलाई बताए ।

“घर देखि सुरु गरौं महिला हिंसाको अन्त्य गरौं” भन्ने शिर्षकमा भएको उक्त तीज गित प्रतियोगितामा नौ टिम सहभागी थिए जसमा मिलीजुली महिला समूह द्वितिय, गंगाजमुना आमा समूह तृतिय र अन्नपूर्ण महिला समूह सान्तोना भएका थिए । विजेताहरुलाई क्रमस १० हजार, ८ हजार, ६ हजार, ३ हजार पुरस्कार प्रदान गरिएको थियो । साथै सहभागी सबै आमा समूहहरुलाई यातायात खर्च प्रदान गरिएको थियो ।

वडा अध्यक्ष कुमारबहादुर अधिकारीका अनुसार उक्त कार्यक्रममा अप्रतियोगितका रुपमा मण्डली माविबाट ३ वटा र हिलेपोखरी आविबाट २ वटा नाटक सहित तीज गित सहभागी गराईएको थियो भने झाँकी र लाखे नाँच समेत देखाईएको थियो ।
कार्यक्रममा गाउँपालिका स्तरीय कक्षा ८ को परिक्षामा उत्कृष्ट विद्यालय र एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने वडाका विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।